समाज

नेवा: समाज रुपनगरको गुठीभवन प्राङ्गणमा शंखधर साख्वाको शालिक स्थापना

कञ्चनरुप, ५ कार्तिक । सप्तरीको कञ्चनरुप नगरपालिका -१२ स्थित रुपनगरमा रहेको नेवाः समाजको गुठी भवनमा राष्ट्रिय बिभुती शंखधर साख्वाको शालिक स्थापना गरिएको छ ।
नेवाः समाज रुपनगरद्वारा शनिबार आयोजित एक कार्यक्रमको विच राष्ट्रिय बिभुती साख्वाको शालिक स्थापना गरिएको हो । नेवाः समाज रुपनगरका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रम प्रमुख अतिथी पूर्व डिआईजी डा. प्रेमलाल श्रेष्ठले शालिक अनावरण गर्नुभयो ।

सालिक अनावरण गर्दै डा. श्रेष्ठ जसले अरुको सेवा गर्छ्न उ भगवान सरह हुने बताउनुभयो । सामाजिक रुपान्तरणमा राष्ट्रिय बिभुती साख्वाको अबिस्वास्निय योगदान रहेको चर्चा गर्दै डा. श्रेष्ठले देश र जनताको लागि योगदान गरेकाले उनको स्मृतिमा शालक सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा. रोहित कुमार पोखरेल, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, कञ्चनरुप नगरपालिका वडा नम्बर-१२ का वडा अध्यक्ष देवि बहादुर खत्री लगायतले राष्ट्रिय बिभुती साख्वाको जिवनी बारे चर्चा गर्नुभयो ।
स्थानीय युवा पेशल जोशीद्वारा संचालित कार्यक्रममा स्वागत नेवाः समाज रुपनगरका उपाध्यक्ष विष्णु श्रेष्ठले गर्नुभयो ।

   

You cannot copy content of this page