बृजमान तामाङ /
चाँदनी चौक (वजार) । नेपाल आदिवासी जनजाति महासंघका पुर्व केन्द्रिय अध्यक्ष एवम सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राज कुमार लेखीले जिवनले साथ दिएसम्म राजनीतिबाट विश्राम नलिने बताएका छ्न ।
सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा सोमबार आसन्न मंसिर ४ को निर्वाचन सम्बन्धि स्थानीयबासीसंग अन्तरक्रियात्मक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै लेखीले सामाजिक परिवर्तनका लागि बाल्यकालदेखि नै सक्रिय रहेको बताए । कक्षा ८ मा पढ्दादेखी नै निरुकुशताको विरुद्ध खरो रुपमा प्रस्तुत भएको स्मरण गर्दै लेखीले १४ बर्षको उमेरमै विधार्थी आन्दोलनको नेतृत्व गर्दै स्थानीय विधालयको पठनपाठन ठप्प पारेको बताए । सानैदेखि गाउँको विकास गर्ने दुरदर्शी सोचका साथ समाजमा भएका बिकृती पन्साउदै राजनीतिमा सक्रिय थिए, नेकपा एमालेका केन्द्रिय सदस्य एवम सप्तरी जिल्ला सह ईन्चार्ज समेतको जिम्मेवारीमा रहेको लेखीले भने, त्यही समय राजनैतिक, सामाजिक र साँस्कृतिक मुद्दा बोकेको आदिवासी जनजाति महासंघको नेतृत्व गर्ने अबसर पाए । आफुले पाएको अवसरलाई उपयोग गर्दै आफ्नो नेतृत्वको आन्दोलनबाट थोरैपनि पहिचान र अधिकारको मुद्दा संबिधानमा स्थापित गर्न सफल पनि भईयो । लेखीले समानुपातिक समाबेशी प्रतिनिधित्वसहितको आदिवासी, दलित, थारु, मधेसी, मुश्लिम महिला, बिपन्न खसआर्यसहित अन्य जाती समुदायको हक अधिकार स्थापित आफ्नो नेतृत्वमा गरेको दावी गरे ।
राष्ट्रिय संस्थाको नेतृत्व गर्दै देशभर पुग्नुपर्ने बाध्यताले गाउँमा आबश्यक समय दिन नसकेको स्वीकार गर्दै लेखीले गाउँमा विधालय स्थापना, सडक संजाल र सामाजिक विकृती अत्यका लागि निरन्तर लागि रहेको बताए । स्थानीयबासीको सुझाव र गुनासोलाई सम्बोधन गर्दै लेखीले जनताको गरेको विश्वासलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । आफुले राजनीतिमा लागेर देश र जनताले प्राप्त गरेको उपलब्धिको बारे चर्चा गर्दै लेखीले बाँकी जीवन पनि राजनीतिमै समर्पित गरि जनताको सेवा समर्पण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटा, स्थानीय बामपंथी नेता मुरारी कार्की, सप्तकोशी नगरपालिकाका पुर्व मेयर उत्तम कुमार शर्मा, कञ्चनरुप नगरपालिकाका मेयरका प्रत्यासी उम्मेदवार मो. कलिम मौलाना, नेपाल ईन्जिनिरिङ्ग एसोसिएसन बागमती प्रदेशका ईन्चार्ज ललित साह, पत्रकार बृजमान तामाङ, शिव प्रसाद आचार्य, हिरन्य गुप्ता, राजेन्द्र चौधरी, विपिन चौधरी, राम कुमार यादव, गजेन्द्र चौधरीले शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका समग्र क्षेत्रको विकासका लागि लेखीको विकल्प नरहेको बताए ।
राष्ट्रिय राजनीतिमा स्थापित नेता लेखीले देश र जनताको लागि गरेको योगदानको चर्चा गर्दै उनलाई भारी मतले विजयी गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा गंगाजलीका युवा , बुद्विजिवी, महिला, संचारकर्मी, शिक्षक, राजनीतिककर्मी लगायतका स्थानीयबासीहरुको उपस्थित रहेको थियो ।
Add Comment