समाज

कञ्चनरुप-१, बैरवामा गए राती आगलागी हुँदा लाखौंको क्षति

कञ्चनरुप, २ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १, बैरवा स्थित कारी खंग र नारायण खंगको घरमा गए राती आगलागी हुँदा लाखौंको क्षति भएको छ । आगलागीबाट १० लाख भन्दा बढिको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीमा नगद, खाद्यन्न, लत्ताकपडा र पशुचौपाया गरि १० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परि कारी खंगको नगद २४ हजार, एउटा गोरु, भाँडाकुँडा, लत्ताकपडा, अन्नपात र घरसहित गरि लाखौंको धनासम्पत्ती जलेर नष्ट भएको छ । आगलागीमा कारी खंगको ३ वटा गाई गोरु जलेर घाईते भएको स्थानियले बताए ।
त्यसैगरी नारायण खंगको घर, नगद, लाईनमिटर, मोटर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सहितका गरि लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
हनुमाननगरबाट आएको बारुण–यन्त्र नेपाल प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रण लिएको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page