जनकपुरधाम, ११ मंसिर । मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । । सीताराम विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।
सप्ताहव्यापी रुपमा धुमधामसित सीताराम विवाहपञ्चमी मनाउने गरिन्छ ।
Add Comment