समाचार

मधेश प्रदेशसभा प्रत्यक्ष तर्फ १४ सिटसहित एमाले पहिलो दल

सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ ।
हालसम्म सार्वजनिक मतपरिणाम अनुसार प्रदेश सभा अन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटससहित एमाले पहिलो दल हुन सफल भएको हो ।
विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय हासिल गर्दै आएको तर यसपटकको निर्वाचनमा एमाले १४ सिटसहित पहिलो राजनीनितक दल भएको हो ।
यसैगरी, कांग्रेस १३ सिटसहित दोस्रो स्थानमा छ भने जनता समाजवादी पार्टीले नौ सिटमा जित हासिल गरेर तेस्रो स्थानमा छ । यसअघि सो पार्टी पहिलो स्थानमा रहेर मधेस प्रदेश सरकारको नेतृत्व गरेको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी सात स्थानसहित चौथौं नम्बरमा छ । यसअघि सो पार्टीले दोस्रो स्थानमा रहेको थियो ।
पहिलो पटक मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीले ६ वटा प्रदेशसभा सिटमा विजय हासिल गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले ४–४ स्थानमा विजय हासिल गर्दा ६ जना स्वतन्त्रले मधेस प्रदेशसभाका लागि विजय हासिल गरेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page