समाचार

हत्या विरुद्ध अभियुक्तहरुलाई कारवाही माग गर्दै राजविराजमा हस्ताक्षर संकल

सप्तरी, १६ मङ्सिर । अनेरास्ववियुले आफ्ना नेताको हत्या विरुद्ध अभियुक्तहरुलाई कारवाही माग गर्दै बिहीबार राजविराजमा हस्ताक्षर संकलन गरेको छ ।
अनेरास्ववियु केन्द्रीय सदस्य चतन एडीको हत्या गरेको तथा हत्याको विरोध गर्दा प्रहरीले बिद्यार्थीहरुलाई पक्राउ गरी झुठा मुद्दा लगाएको भन्दै अनेरास्ववियु सप्तरीले हस्ताक्षर संकलन गरेको हो ।
हत्याका अभियुक्तलाई कारवाही गर्नुको साटो सत्ताको बलमा हत्याको विरोध गर्नेलाई झुठा मुद्दा लगाएको भन्दै अनेरास्ववियुका सप्तरी सिरहाका इन्चार्ज ललितनारायण रजकले आन्दोलनको विकल्प नभएको बताउनु भयो । रजकले हत्यारालाई कडा कारवाही गर्न र हत्याको विरोध गर्ने निर्दोष विद्यार्थीलाई रिहा गर्न माँग गर्नुभएको छ ।
निर्दोष चेतन ऐडीको परिवारलाई न्याय दिलाउन देशव्यापी आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा भएको हस्ताक्षर संकलन कार्यक्रममा सयौ बिद्यार्थीले चेतनको न्यायका लागि समर्थन गरेको अनेरास्ववियु सप्तरी अध्यक्ष रंजिबकुमार साहले बताउनु भयो ।

बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–७ का एडीलाई प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकै दिन मतदान स्थलमा भएको विवादलाई लिएर गठबन्धनका कार्यकर्ताले घरमा सुतिरहेको बेला हत्या गरेका थिए । सो घटनामा संलग्न बाजुराको त्रिवेणी नगरपालिका ७ का वडाअध्यक्ष जुद्धबहादुर अयडी लगायत विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी परेको छ । बाजुरा प्रहरीले हत्यामा संलग्न वडाध्यक्ष अयडीलाई पक्राउ गरेको छ । वडाध्यक्ष अयडी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
त्रिवेणी–७ को नाटेश्वरी आधारभूत विद्यालयमा कांग्रेसका कार्यकर्ताले मतदान केन्द्र कब्जा गर्न खोज्दा प्रहरीले चलाएको गोली लागि कांग्रेस कार्यकर्ता सञ्जीव अयडीको घटनास्थलमा नै ज्यान गएको थियो । बुथ कब्जा गर्ने र प्रहरीले गोली चलाउँदा सरकारका गृहमन्त्री विरुद्ध जाइ नलागी कांग्रेसका कार्यकर्ताहरुले घरमा सुतिरहनु भएका चेतन एडीलाई घरबाट निकालेर कुटपिट गरी हत्या गर्नु घोर अन्याय भएको अध्यक्ष साहले बताउनु भयो ।

पक्राउ परेका वडाध्यक्ष अयडी यस अघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनुहुन्थ्यो । उहाँ स्थानीय जुद्ध नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको आरोपमा मुद्दा खेपिरहनु भएको छ । एक महिना अघि जिल्ला अदालत बाजुराको आदेशमा आरोपित अयडी एक लाख रुपैँया धरौटीमा छुट्नु भएको छ । सो मुद्दा अहिले पनि विचाराधीन छ । सो घटनामा उहाँ लगायत तीन जना विरुद्ध मुद्दा दर्ता छ । अहिले तीनै जना धरौटीमा पुर्पक्षका लागि छुटेका छन् । नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै स्थानीय टेकेन्द्रसिंह सुनारलाई वडाध्यक्ष अयडी लगायतले कुटपिट गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page