राजनीति

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं, १९ मंसिर । मनाङबाट स्वतन्त्र रुपमा निर्विरोध चुनाव जितेका प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङ (ख) बाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।
अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन्। गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको छैन।

   

You cannot copy content of this page