उदयपुर, २० मंसिर । उदयपुरको कटारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका २ का ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन ।
सोमवार साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।
घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Add Comment