काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा सांसदको नाम छनोट गरेको छ ।
बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ । बैठकको निर्णयअनुसार भोलि शुक्रबार निर्वाचन आयोगमा पाँच जनाकै नाम सिफारिस गरेर पठाउने जनाईएको छ ।
पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको हो ।
जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी २ मा सीके राउत विजयी भएका थिए।
जनमतले प्रदेशसभाको समानुपातिकर्तफ मधेस प्रदेशमा ७ र लुम्बिनी प्रदेशमा दुई सिट जितेको छ।
Add Comment