समाज

सप्तरीमा आगोमा जलेर ८० वर्षीय बृद्धको मृत्यु, एक जना घाइते

राजविराज, १३ पुस । सप्तरीको बोदे बरसाईन नगरपालिका–४ सिलहटमा गोठमा आगलागी हुँदा ८० वर्षीय बृद्ध मुक्ति राउतको जलेर मृत्यु भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन ।
मंगलबार राती गोठ घरमा घुरबाट आगो सल्कँदा गोठमै सुतिरहेका ८० वर्षीय राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
उक्त आगलागीमा परेर राउतकै नाती २५ वर्षीय धर्मदेव पाल पनि घाइते भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page