कञ्चनरुप, १९ पुष । सप्तरीमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानलाई तिब्रता दिएको छ।
यसैक्रममा मंगलबार अस्थायी प्रहरी पोष्ठ तेतरीगाछी सप्तरीबाट खटि गएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा खेती फडानी गरेको छ। राजविराज नगरपालिका १३ विषहरिया र १४ पर्साही टोलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो।
प्रहरीले राजविराज–१३ विषहरिया र १४ पर्साही टोल स्थितमा अबैध रुपमा लगाएको २ सय ५० बोट गाँजा फडानी गरी आगो लगाई जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी प्रहरीले लागुऔषध गाँजाको तस्करी र अत्याधिक संख्यामा प्रयोग कर्ता वृद्धि भएपछि नियन्त्रणका लागि अभियान संचालन गरेको हो।
Add Comment