राजनीति

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

बिराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन ।
प्रदेशसभाका ६० सांसदहरूको समर्थनप्राप्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्तागठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् ।
उनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिने छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page