अर्थतन्त्र

पेट्रोलियम पदार्थको मुल्य ३ रुपैयाँले घट्यो, अब पेट्रोल लिटरको १७५

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।
अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।
यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।
खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page