चाँदनी बजार, ३० पुस । नेपाल तामाङ घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा राम बहादुर पाख्रीन चयन भएका छन ।
सप्तरीको महुलीमा शनिबार आयोजित घेदुङको चौथो अधिबेशनले पाख्रीनको अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा संगिता पाख्रीन, सुमन ग्लान, सचिबमा सुभाष ग्लान सर्वसम्मत चयन भएका छ्न । यसैगरी समितिको सदस्यहरुमा मनिषा तामाङ, शान्ता पाख्रीन, राम माया तामाङ मधु ग्लान तामाङ र पेशल ग्लान तामाङ रहेका छ्न ।

उक्त अधिबेशनले सागार ग्लान,लाल बहादुर ग्लान, कुमार ग्लान, मिश्र बहादुर ग्लान,ताग बहादुर पाख्रीन र धन बहादुर योन्जन तामाङ रहेको ६ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको जनाएको छ ।
सो वडा अधिबेशनमा नेपाल तामाङ घेदुङ्का संघीय सदस्य भिम बहादुर घिसिङ, पुर्व केन्द्रिय सदस्य खड्ग बहादुर तामाङ, आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, घेदुङ्का जिल्ला अध्यक्ष सन्तमान गोले, सचिव सुर्यमान सिंदन लगायतका तामाङ नेताहरुको उपस्थिति रहेको थियो ।



Add Comment