समाचार

यती एयर दुर्घटना :४० जनाको शव निकालियो

पोखरामा भएको यति एअरलाईन्सको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका छन्।

विमान दुर्घटनामा परेर तीन जना वालबालिकाको निधन भएको छ । मृत्यु हुनेमा प्रसिद्धी पौडेल, कृष परियार, आयोरुद्धी शर्मा रहेका छन । ती वालवालिका कहांका हुन भन्ने ठेगाना खुलेको छैन ।

सवार यात्रुमध्ये ५३ जना नेपाली र ५ जना भारतीय रहेको उनको भनाइ छ।
त्यसबाहेक विमानमा रुसका ४ जना, कोरियाका २ जना, आयरल्यान्ड, अस्ट्रेलिया, आर्जेन्टिना र फ्रान्सका एक एक जना यात्रु सवार थिए।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।
जहाज पाइलट कमल केसीले उडाएका थिए।
सामाजिक सञ्जालमा प्रसारित भिडिओमा दुर्घटनास्थलमा धुँवाको मुस्लो उडेको देखिन्छ।

   

You cannot copy content of this page