काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो।
तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको, ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ।
तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको प्रहरीले जनाइएको छ ।
यस्तै ३ जनाको अवस्था भने अझै अज्ञात रहेको छ। उनीहरूको पनि खोजी भइरहेको जनाइएको छ।
आज बिहान काठमाडौंबाट पोखरा उडेको एटिआर जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार थिए।
Add Comment