विराटनगर, २ माघ । १ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम गरिएको छ ।
सोमबार विराटनगर २ स्थितमा रहेको खालि स्थानमा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भुकम्प सुरक्षा सम्बन्धी कृतिम घटना अभ्यास गराइएको हो ।
भुकम्प सुरक्षा दिवसको अबसरमा गरिएको उक्त कार्यक्रममा १ नं. प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले अभ्यास तथा विपदका सामाग्रीहरु अवलोकन गरेका थिए ।
मानवको वहसमा नभएको प्रकोप जुनसुकै बेला पनि हुनसक्ने हुनाले यसले पुर्याउने क्षतीलाई न्युनिकरण गर्नका लागी गरिएको अभ्यासमा महानगर प्रहरी विराटनगर र रेडक्रस समेतको उपस्थिती रहेको थियो ।
Add Comment