राजविराज, ८ माघ । सप्तरीको महादेवा गाउँपालिकामा आईतवार फाइबरको सिरक वितरण गरिएको छ ।
तराईमा बढ्दो शितलहरलाई मध्यनजर गर्दै महादेवा गाउँपालिकाको वडा नम्बर– १ मा पूर्ण अपाङ्ग, जन्मजात हिँडडुल गर्न नसक्नेलाई सिरक वितरण गरिएको हो ।
पालिकाबाट बिनियोजित गरिएको विपद् व्यवस्थापन कोषबाट सिरक खरीद गरि ६ वटै वडाका ३ सय पूर्ण अपाङ्ग जन्मजात हिँडडुल गर्न नसक्नेलाई सिरक वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष अर्चना कुमारी यादवले बताउनुभयो।
सिरक वितरण कार्यक्रममा समाजसेवी ,स्थानिय लगायतको उपस्थिति रहेको थियो ।
Add Comment