समाचार

राजविराजमा खोजी रिक्रुटमेन्ट विरुद्ध प्रदर्शन , प्रजिअलाई ज्ञापनपत्र

राजविराज , १५ माघ । सप्तरीको राजविराजमा आइतबार खोजी रिक्रुटमेन्ट प्रालि विरुद्ध प्रदर्शन गरिएको छ । आप्रवासी हकहित संजाल सप्तरीद्वारा मेनपावरहरुले गर्ने ठगी विरुद्ध प्रदर्शन गरेको हो ।
आप्रवासी हकहित संजाल मधेश प्रदेश अध्यक्ष जितेन्द्र प्रसाद सिंहको नेतृत्व स्थानीय शिव मन्दिरबाट निस्किएको विरोध र्याली नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएका थिए । आप्रवासी कामदारहरुलाई ठगी गर्ने , गुण्डागर्दी गर्ने र दुर्ववहार गर्ने खोजी रिक्रुटमेन्ट प्रलीलाइ कानुन अनुसार कारबाही गर्नु पर्ने माँग ज्ञापनपत्र गरिएको छ ।

ज्ञापनपत्र बुझदै प्रजिअ भुपेन्द्र थापाले पिडित कामदारहरुको न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सम्बन्धित निकायमा कारबाहीको लागि आजैदेखी काम शुरु गर्ने बताउनु भयो ।

मलेसियाबाट आएका कामदारहरुलाइ खोजी रिक्रुटमेन्ट प्रली नामक मेनपावर कम्पनीले गुण्डाहरु लगाएर कुटपिट गरि झुठामुद्वा लगाएकाले आन्दोलनमा उत्रिनु बाध्य भएको अध्यक्ष सिन्हाले बताउनु भयो । उहाँले मधेश प्रदेशका ८ वटै जिल्लामा प्रदर्शन र प्रजिअलाई ज्ञापानपत्र बुझाएको जानकारी दिनुभयो । आफुहरुले उठाएको माग र पीडित कामदारहरुले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने अध्यक्ष सिन्हाले चेतावनी समेत दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page