समाचार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार ,लेखी कानुन, न्याय तथा प्रदेशसभा मन्त्री

बृजमान तामाङ /
राजविराज, २० माघ । नेकपा एमाले नेता राज कुमार लेखी मधेश प्रदेशको कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री नियुक्त भएका छ्न ।
मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लेखीसहित ९ जनालाई मन्त्री नियुक्त गरेका हुन ।
नवनियुक्त मन्त्रीहरुमा सप्तरी १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एमाले नेता राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मन्त्री, जनमत पार्टीका महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री, जसपाबाट सुरिता साह समाजिक विकास मन्त्री, सिंहासन साह कलवार खानेपानी तथा ऊर्जा विकासमन्त्री नियुक्त भएका छन् ।

यसैगरि शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार राज्यमन्त्री, मोहमद जइद आलम महिला बालबालिका युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छने । यसैगरी शेख अबुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा संचार राज्यमन्त्री संजय कुमार यादव भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त भएका छने ।
उद्योग पर्यटन तथा वन मन्त्रालयमा माओवादीका भरत प्रसाद साहको नाम आउँदा सुनिता यादव राज्यमन्त्री बन्ने बताइएको छ । यद्यपि माओवादीले भागबण्डामा चित्त नबुझाएको एक नेताले बताए । यसअघि सरोज कुमार यादव भौतिक पुर्वाधार मन्त्री,सरोज कुमार यादव अर्थ मन्त्री र वसन्त कुमार कुशवाहा भुमि, व्यबस्था तथा सहकारी मन्त्री नियुक्त भएका थिए ।
भागबण्डा नमिल्दा मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्दै आएका थिए । दोस्रोपटक मन्त्री परिषद विस्तार भएसंगै मधेश प्रदेश सरकार १३ सदस्य बनेको छ भने सरकारले अझपुर्णता पाउन सकेको छैन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page