समाचार

आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशको अध्यक्षमा दुष्यन्त र महासचिवमा बृजमान

राजविराज, २१ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश अध्यक्षमा दुष्यन्त चौधरी र महासचिवमा बृजमान तामाङ चयन हुनुभएको छ ।
महोत्तरीको बर्दिवासमा शनिबार आयोजित प्रदेश स्तरीय विशेष भेलाले अध्यक्षमा चौधरी र महासचिवमा तामाङलाई चयन गरेको हो ।
आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष प्रमेश बादेको अध्यक्षता तथा संघीय अध्यक्ष गजुर्धन राईको प्रमुख आतिथ्यमा आयोजित भेलाले चौधरीको नेतृत्वमा २१ सदस्य मधेश प्रदेश समिती गठन गरेको छ ।

गठित समितिको उपाध्यक्षमा अनिता चौधरी, प्रिया सिंह थारु, महासचिवमा बृजमान तामाङ, सचिवमा रेणु चौधरी र कोषाध्यक्षमा ज्वोती तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा जितेन्द्र प्रसाद चौधरी (सप्तरी) , शम्भु चौधरी (सिराहा), नवीन चौधरी (बारा), शम्भु चौधरी (पर्सा), बुधन चौधरी (बारा), उदय पाख्रीन( सर्लाही), मनोज थापा (महोत्तरी) लगायत चयन हुनुभएको छ ।
भेलामा वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष कमान देवान, महासचिव मिलन लिम्बु र प्रदेश ईन्चार्ज निरज पिठाकोटे मगर प्रदेश, प्रतिनिधिहर, विभिन्न जिल्लाका अध्यक्षहरको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page