मधेस प्रदेश समाचार

जनकपुरबाट हातहतियार सहित मिटरब्याजी साह पक्राउ

जनकपुर, माघ २१ गते । जनकपुरधामबाट हातहतियारसहित एकजना मिटरव्याजीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन ।
जिल्ला प्रशासन कार्यालय धनुषामा साहविरुद्ध विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका थिए ।
शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपककुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले मिटरब्याजी साहको घर तथा पसलको खानतलासी गर्दा हातहतियार तथा गोलीसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको घरबाट कपाली तमसुकहरू, जग्गाधनी पुर्जाहरू, खाली चेकलगायतका अन्य कागजातहरू तथा कटुवा पेस्तोल १ थान, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page