समाचार

प्रेस चौतारीको स्थापना दिवसमा सप्तरी शाखाद्वारा कंकालिनी मन्दिर सरसफाई

कञ्चनरुप, २२ माघ ।
पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी सप्तरी शाखाले सरसफाइ गरेर स्थापना दिवस मनाएको छ ।
शाखा सप्तरीले आज आइतबार हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध शक्तिपीठ कंकालनी भगवती मन्दिर प्राङ्गणमा सरसफाइ गरेर स्थापना दिवस मनाएको हो ।
कंकालिनी भगवती मन्दिर ब्यवस्थापन तथा पर्यटकीय विकासका लागि ‘कंकालिनी भगवती मन्दिर विकास समिति नामक’ संस्था द्वारा प्रयाप्त कर्मचारीहरु नियुक्त भएपनि मन्दिर समितिका पदाधिकारीहरुको लापर्वाहीले गर्दा मन्दिर वरपर क्षेत्रमा जथाभावी फोहरमैलाहरु थुपारिएको हुदाँ प्रेस चौतारीले सो सरसफाई कार्यक्रम गरी मन्दिर क्षेत्रका पसलेहरु र समितीका पदाधिकारीहरुलाई ध्यानकर्षण गर्न सरसफाई गरिएको सचिव शिव प्रसाद आचार्यले बताउनु भयो ।

चौतारीका पूर्व केन्द्रिय उपाध्यक्ष मनोहरकुमार पोखरेलले समाजलाई सकरात्मक प्रभाव पर्ने गरी पत्रकारहरुले कलम चलाई राख्नुपर्ने बताउनु भयो । पोखरेलले भन्नुभयो ‘पत्रकार समय र प्ररिस्थिति अनुसार अगाडी बढ्नुपर्दछ, अहिलेको समय समाचारकै माध्यमबाट सरकार र समाजलाई सुसुचित गर्नु हो, अहिलेको सन्र्दभमा व्यावसायिक पत्रकारिता नै मुख्य उद्देश्य हो ।

२०५५ मंसिरमा प्रेस चौतारी नेपालको तदर्थ समिति गठन भई २०५५ माघ २२ गतेका दिन विधिवत दर्ता प्रक्रिया स्थापना भएको प्रेस चौतारीका सम्झना स्वरुप हरेक वर्षको माघ २२ गते सप्तरी शाखाले विविध कार्यक्रमहरुको आयोजना गरी मनाउँदै आएको छ ।

प्रेस चौतारीका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज खगेन्द्र कार्कीले संगठनको विस्तार तथा सुदृढिकरणको वारेमा चर्चा गर्दै सप्तरी संगठनमा सुधार आएको बताउनु भयो । आवश्यकता परिपूर्तिसंगै विकासमा जोड दिने माध्यमको रुपमा संगठनको निर्माण गरिएको हुन्छ र संगठनको उदेश्यमा पुर्‍याउन यसले मद्त गर्दछ उहाँको कथन थियो । जिल्लामा सकरात्मक विचार र उर्जाशिल शक्ति निर्माण भएको उहाँले दावी गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेश कमिटीका उपाध्यक्ष अर्चना परियार, प्रदेश सदस्य पिन्टु यादव, ईलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक राम आशिष महतो, सशस्त्र प्रहरी बल सुरक्षा बेश भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आले लगायतले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सरसफाइ कार्यक्रममा कोषाध्यक्ष भूपदेव माली, सदस्यहरु नविन यादव, जितेन्द्र यादव, दिलिप साह, पंकज साह लगायतकाले उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागीलाई संगठनकी जिल्ला उपाध्यक्ष पुनम पोखरेलले स्वागत गर्नुभएको थियो भने सरसफाइ कार्यक्रम संगठनका जिल्ला अध्यक्ष डम्बर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page