समाचार

पाँचथरबाट भरुवा बन्दुक सहित १ जना पक्राउ

पाँचथर, माघ २२ गते । पाँचथरमा भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुम्बेवा गाउँपालिका २ राई गाँउ बस्ने २३ वर्षीय मनोज राई रहेका छन ।
सनिबार बेलुका ८ बजे अस्थाई प्रहरी पोष्ट नावाखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई १ नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने कार्तोज, बारुद, केप, सलाई सहित पक्राउ गरिएको हो ।
पक्राउ गरिएका राईको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page