समाचार

झापाको मेचीनगरबाट एयर गन सहित ४ जना भारतिय पक्राउ

झापा, माघ २४ गते । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका ६ स्थितबाट एयर गन सहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान सुसेन र २० वर्षीय बिटु सरकार रहेका छन् ।
सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा संकास्पद अवस्थामा भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त हतियार र गोली सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page