कञ्चनरुप, माघ २७ गते । कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री राज कुमार लेखीले आफ्नो क्षेत्रमा +२ देखि डिग्रीसम्म अध्ययनका लागि क्याम्पस निर्माण गर्न योजनाको आवश्यकता औल्याएका छन् ।
गृह जिल्ला सप्तरी कञ्चनरुप नगरपालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरुसंग बिहिवार छलफल गर्दै मन्त्री लेखीले भने यहाँका दयनिय परिवारका बालबच्चा उच्च शिक्षामा संलग्नता गराउन साथै जिल्लाको शिक्षा क्षेत्र उकास्न क्याम्पसको आवश्यकता रहेको हो ।
एक बिग्गासम्म जग्गा उपलब्ध भई आएको खण्डमा क्याम्पस निर्माणका लागि आफ्नो पूर्ण सहयोग रहने मन्त्री लेखीले बताए । आफुले केहिदिन अगाडि गरेको अनुगमनमा जिल्लाको शैक्षिक गतिविधि त्यत्तिराम्रो नपाइएको उनले आँकडा सुनाए ।
मन्त्री लेखीले प्रदेश सरकारको योजनामा परेका जुनसुकै कामपनि तोकिएकै समयावधि भित्र प्राप्त बजेटलाई दूरुपयोग नगरी काम गर्न गराउन आग्रह गरे । संवैधानिक नीति नियम अनुसार बनेका आयोगको निष्पक्ष ढंगले कामकारवाहि हुनेछन् यसमा व्यक्तिगत वा आफन्तजनको निम्ति सिफारिस गर्दै नगरेहुन्छ उनले भने नीति नियममा रहेर मन्त्रीमण्डलले गरेको निर्णय बमोजम आयोग अगाडि बढ्ने छ ।
मन्त्री लेखीले पार्टीको काम र जिम्मेवारी प्रति सम्वेदनशिल हुन कार्यकर्ताहरुलाई आग्रह गर्दै स्वविवेक, विचार र अनुशासन सम्बन्धमा प्रशिक्षणात्मक रुपमा धारणा व्यक्त गरे । नेताको अगाडि र पछाडि गर्ने, पार्टीको काम फिटिक्कै नगर्नेहरुको फेसनले पार्टीको काममा वाधा पुगेको बताए । काठमाण्डौमा ठुला नेताहरुसंग तस्बीर खिचेर नाम कमाउन पल्केकाहरुले जिम्मेवारीलाई पनि ध्यान दिओस ।
जिल्लाको निर्वाचन क्षेत्र नम्वर १(क)बाट नेपाल कम्युनिष्ट पार्टी एमालेको सूर्य चिन्हबाट निर्वाचित मन्त्री लेखीले पार्टीलाई सबैक्षेत्रबाट सहयोग पुर्याउदै आएको जानकारी गराएका छन् ।
केन्द्रिय सदस्य तथा जिल्ला सहईन्चार्जको भुमिका समाल्दै आएका लेखिले मन्त्री पदमा रहेरपनि पार्टीको काम र जिम्मेवारीमा पुर्ण सहयोग रहने बताए ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल , मधेस प्रदेश सदस्य एवं कन्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त कुमार मिश्र , आसरादेवी चौधरी , कल्पना चौधरी , जिल्ला सचीव देवनाथ यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।


Add Comment