समाचार समाज

बलात्कार प्रयास घटनाका आरोपित पक्राउ

राजविराज, २७ माघ । सप्तरी प्रहरीले बलात्कार प्रयास घटनाका आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ मैनाकडेरीका ४० वर्षीय अमोद महात्मान यादव रहेका छन ।
४५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा यादवविरुद्ध माघ २६ गते उजुरी दर्ता भएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २५ गते आरोपितलाई गिरफ्तार गरी माघ २६ गते उजुरी दर्ता गरेको जनाएको छ । आरोपितबाट माघ २४ गते राति बलात्कार प्रयास भएको भन्दै पीडितले माघ २५ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिनुभयो ।
पीडितका छोरा मजदुरीका लागि काठमाडौंमा रहेको तथा घरमा बुहारी, १ नाती र १ नातिनीसँगै बस्ने, सुत्ने गरेकी थिइन् । पीडितको घरआँगन छेउमै रहेको शौचालय जाँदा आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । पीडितका अनुसार होहल्ला गरेपछि बुहारीले थाहा पाई होहल्ला गर्दा आरोपित फरार भएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page