राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहितका सुरक्षा समितिको टोलीले शनिवार छोटी भन्सार कार्यालय र नेपाल–भारत सीमा स्तम्भको निरीक्षण गरेका छन् ।
सुरक्षा समितिको टोलीले बिओपि पातो, स्वर्णपट्टी र रामनगर , छोटी भन्सार कार्यालय ,सिमा स्तम्भ निरीक्षण ,निर्माणधिन विकास निर्माण आयोजनाको स्थलगत अनुगमन गरेको हो ।
अनुगमन निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी थापा तथा सशस्त्र प्रहरी बल नं ६ गणपतिका प्रहरी उपरीक्षक तिर्थराज पौडेलको उपस्तिथि रहेको थियो ।
Add Comment