समाचार समाज

भ्रष्टाचार मुद्दाका एक फरार प्रतिवादी कञ्चनरुप-११ धरमपुरबाट पक्राउ

राजविराज । सप्तरी प्रहरीले भ्रष्टाचार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका ११ का कृष्णा बहादुर दाहाल रहेका छन ।
कञ्चनरुप नगरपालिका ११ धरमपुर टोलमा प्रहरी नायव निरिक्षकको कमाण्डमा खटि गएको गस्ति टोलिले बुधबार भ्रष्टाचार मुद्दाको ३ महिना कैद भएको फरार प्रतिवादी दाहाललाई उनको गाउँ टोलमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीलाई बिहीबार सम्मानित सप्तरी जिल्ला अदालतमा उपस्थित गराएको सप्तरीका प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page