सप्तरी, ५ फागुन । । सप्तरीमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर शुक्रबार ज्यान गुमाएकी छन् । ज्यान गुमाउनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ तेलियारी टोल बस्ने ४० वर्षीया राजु देवी साह रहेकी छन् ।
राजुदेवीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको अवस्थामा शौचालय भित्र पसि आफ्नो जिउँमा आगो लगाई शौचालय भित्रै जलि उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवम् डिएसपी नरेश कुमार सिंहले जानकारी दिनुभयो ।
उनले आफ्नै शरीरमा आगो लगाएको कारण खुल्न नसकेको प्रहरीले भनाइ छ भने मृतकको शव पोष्टमार्टमको लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको डिएसपी सिंहले बताउनु भयो ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सप्तरी प्रहरीले जनाएको छ ।
Add Comment