समाज

सप्तरीको बोदेबर्साईनमा आगलागी हुँदा ४ घर जलेर नष्ट हुँनुका साथै लाखौंको क्षति

राजविराज, ११ फागुन । सप्तरीको बोदेबर्साईनमा बिहीबार दिउँसो आगलागी हुँदा ४ घर जलेर नष्ट हुँनुका साथै लाखौंको क्षति भएको छ ।
बोदेबर्साईन –१० खडकपुरका पलानु यादव, गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घरमा आगलागी हुँदा ४ घर जलेर नष्ट हुँनुका साथै लाखौंको भएको हो । आगलागीमा २५ लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी परि पालानु यादवले छोरीको बिबाहका लागि जोहो गरि राखेको नगद ५ लाख, गरगहना, मोबाइल, टेलिभिजन, लत्ताकपडा अन्नपात, भाँडाकुँडा, फर्निचरका सामान जलेर क्षति भएको जनाएको छ ।
त्यस्तै गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामान जलेर नष्ट भएको पिडितले बताए ।
आगलागीको कारण बारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page