उत्तम आचार्य /
कञ्चनरूप , १२ फागुन । पण्डित चक्रप्रसाद आचार्य छात्रवृत्ति अक्षयकोषले शुक्रवार सर्वोदय माध्यमिक विद्यालय कञ्चनरूप–८ कञ्चनपुर सप्तरीमा प्रथम छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा २०७८ सालको वार्षिक परीक्षामा कक्षा ९ बाट १० मा जादा सर्वोत्कृष्ट अंक ल्याई उतिर्ण हुने छात्र दिनेश कुमार दास, छात्रा सालु साहलाई जनही नगद रु. ७ हजार र प्रमाणपत्र, नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने छात्र कृष्णा खं० लाई नगद ३ हजार रुपिया ,प्रमाणपत्र, कक्षा ८ बाट ९ मा जाँदा सर्वोत्कृष्ट अंक ल्याई उतिर्ण हुने छात्र ब्रम्हदेव राम र छात्रा नेहा गुप्तालाई जनही नगद ५ हजार रुपियाँ र प्रमाणपत्र, नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने छात्रा पार्वती चौधरीलाई नगर ३ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरी छात्रवृत्ति वितरण गरिएको थियो ।
पण्डित आचार्यका छोराहरु विश्वमणी आचार्य, श्याम मणि आचार्य र मधुसुदन आचार्यले बुवाको नाममा २०७८ सालमा रु. ५ लाखको अक्षयकोषको स्थापना गर्नु भएको थियो।
पाण्डित आचार्य सर्वोदय माध्यमिक विद्यालय स्थापना भएको २०१३ सालदेखी २०४४ सालसम्म सोही विद्यालयमा शिक्षक भई नेपाली र संस्कृत विषयमा अध्यापन गराई सेवाप्रदान गर्नु भएको थियो। सोही अवसरमा छात्रवृत्ति अक्षयकोषले नै विद्यालयलाई १२ हजार ५ सय मूल्य ५ सेट सिलिङ्ग, पंखा समेत प्रदान गरेको थियो।
सो कार्यक्रममा वोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रमाद गुप्ताले शिक्षा क्षेत्रको स्तरउन्नती नभएसम्म मानिसको जीवन अन्धकार हुने बताउनु भयो ।
पूर्व नगर प्रमुख बसन्त कुमार मिश्रले गुणस्तरीय शिक्षा क्षमतावान विद्यार्थी नभए सम्म समाजको रुपान्तरण नहुने बताउनु भयो।
विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिक ,पूर्व प्रधानाध्यापक तिर्थराज पोखरेल , अक्षय कोषका सचिव देवेन्द्र गुप्ता, द्वारिका आचार्य एकता समाजका पूर्व अध्यक्ष नवराज आचार्य, राम प्रसाद आचार्य लगायतका वक्ताहरूले पण्डित आचार्य प्रति उच्च कदर गर्दै अक्षय कोष स्थापना हुनु समाजका लागि उदाहरणीय कार्य रहेको बताउनु भएको थियो ।
अक्षय कोषका संस्थापक सदस्य श्याममणि आचार्यले स्वागत गर्नु भएको थियो भने अक्षय कोषका संस्थापक सदस्य मधुसुदन आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कोषका संस्थापक अध्यक्ष बिश्वमणि आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment