राजनीति

राप्रपाका चार मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीले राजीनामा दिएका छन् । बालुवाटार पुगेर आज उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
सरकारमा राप्रपाका तर्फबाट ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम पाण्डे, कानुन मन्त्रीमा ध्रुबबहादुर प्रधान र सिंचाई राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए ।

राप्रपाको आजै बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page