राजनीति

नेकपा एसलाई एमालेको पत्र, राष्ट्रपतिमा मत दिन आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उमेदवार सुवास नेम्वाङलाई मत दिन पत्र लेखेका छन् ।
ओलीले पत्रमा पूर्वसभामुख नेम्वाङले संविधानको मर्म र भावना बुझेकाले उनलाई राष्ट्रपति पदमा मत दिन आग्रह गरेका छन् ।
आज बिहान बसेको एमालेको सचिवालय बैठकले कांग्रेसबाहेक सबै दललाई मत मागेर पत्र लेख्ने निर्णय गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page