कञ्चनरुप, १७ फागुन । मिसन ग्रासरुट कार्यक्रम अन्तरगत सप्तरीको सप्तकोसी नगरपालिकाको ११ वटै वडाहरुमा भेला आयोजना गरिने भएको छ । नेकपा (एमाले) सप्तकोसी नगर कमिटिको आयोजनामा बुधबार मिसन ग्रासरुट अन्र्तरगत नगर कमिटिको बिस्तारीत बैठक सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) की केन्द्रिय सदस्य निर्मला देवकोटाले नेकपा (एमाले) अब तल्लो कमिटिमा पुगेर समस्याको पहिचान गरी समाधान गरेर मात्रै अगाडी बढ्ने बताइन् । एमाले पार्टी जनताको हरदम सुख दुखमा रहने पार्टी भएको कारण पनि तल्लो तहका कार्यर्ताहरुलाइ भेटेर उनीहरुको सल्लाह अनुसार नै अगाडी बढने समेत नेता देबकोटाले बताइन्।
उक्त बिस्तारीत बैठक तथा अभिमुखीकरण कार्यक्रमका बिशिष्ठ अतिथि तथा नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश मन्त्री राजकुमार लेखिले एमाले पार्टीले तल्लो तहबाट नै ब्यापक रुपमा सुदृढिकरण अभियान चलाएर जानु पर्ने बताए ।
उक्त कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य बसन्त मिश्र, उत्तमकुमार शर्मा लगायतले सप्तकोसीमा पार्टीको अबस्था बारे जानकारी गराएका थिए ।
यसैबिच सो बैठकले नेकपा एमाले सप्तकोसी नगरकमिटि अन्तरगत ११ वटा वडा कमिटिहरुको बैठक तथा भेला राख्ने निर्णय गरेको नगरकमिटि अध्यक्ष पारस दहालले जानकारी दिए ।
वडा नं. १ मा फागुन २८ गते, २ मा फागुन १८ गते, ३ मा फागुन २५ गते, ४ मा फागुन २४ गते, ५ मा चैत्र १ गते, ६ मा फागुन २६ गते, ७ मा फागुन २९ गते, ८ मा फागुन २१ गते, ९ मा फागुन २६ गते, १० मा फागुन २७ गते र वडा नम्बर ११ मा चैत्र २ गते वडा स्तरीय बैठक तथा भेला हुने भएको छ ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य कृष्ण कुमार गुप्ता, जिल्ला कमिटी सदस्य जाहिर हुसेन, कालुराम बिष्ट, नगर कमिटीका पदाधिकारीहरु, वडा कमिटीका पदाधिकारीहरु प्रदेश कमिटी सदस्यहरु,जिल्ला कमिटी सदस्यहरु ,जनसंगठनका केन्द्रिय कमिटी सदस्यहरु नगर कमिटीका पदाधिकारी ,वडा कमिटी अध्यक्ष, निर्वाचित जनप्रतिनिधि तथा वडा अध्यक्ष र सदस्यका प्रत्यासिहरु, पुर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।
नेकपा एमाले सप्तकोसी नगरकमिटिका अध्यक्ष पारस दहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Add Comment