राजनीति

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर सांसद गोविन्द न्यौपाने घाइते

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्द बहादुर न्यौपाने घाइते हुनुभएको छ। सांसद न्यौपाने भोट हालेर फर्किने क्रममा लड्नु भएको हो ।
सिँढीबाट ओर्लने क्रममा चक्कर लागेर उहाँ लडेको एकीकृत समाजवादी पार्टीका नेताहरूले जानकारी दिएका छन् । उहाँको टाउकोमा सामान्य चोट लागेको बताइएको छ । सुरूमा उहाँलाई संसद् भवननजिकै रहेको सिभिल अस्पतालमा उपचारका लागि लगिए पनि अहिले उहाँलाई राष्ट्रिय ट्रमा सेन्टर लगेर उपचार थालिएको छ ।
एकीकृत समाजवादी पार्टीबाट सप्तरी क्षेत्र नम्बर -४(१) बाट निर्वाचित हुनुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page