राजविराज । सप्तरीको शम्भुनाथमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । पोखरीमा डुबेर ज्यान जानेमा शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकका वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिक कुमार मण्डल रहेका छन ।
मंगलबार घर भन्दा ५ सय मिटर उत्तरमा रहेको पोखरामा खेल्ने क्रममा डुबि घाईते भएका बालकलाई उपचारका लागि युनिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालकको ज्यान गएको हो ।
मृतक बालको शव गजेन्द्र नारायण सिंह अस्पतालमा परीक्षण पश्चात परिवारको जिम्मा लगाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Add Comment