समाचार

सामुदायिक वन व्यवस्थापनमा परिवर्तन, नियमावलीमा शंसोधन

डम्बर राई /
कञ्चनरुप । सामुदायिक वन उपभोक्ता समूहलाई वन ऐन २०७६ र वन नियमावली २०७९ले निर्दिष्ट गरे अनुसार सुदृढ गर्दै लैजान आफ्नो अथक प्रयास रहेको सहायक वन अधिकृत राजेश कुमार साहले एक कार्यक्रममा बताए । बुधवार सव डिभिजन वन कार्यालय कञ्चनपुुरमा आयोजित एकदिने गोष्ठी कार्यक्रममा प्रशिक्षण दिनेक्रममा उनले यस्तो बताएको हो ।
वन ऐन २०४९ र नियमावली २०५१ ्अनुसार स्थानिय जनतालाई हस्तान्तरित सामुदायिक वन कार्य व्यवस्थापनमा वन नियमावली २०७९ ले केहि शंसोधन गरेकोले यसका वारेमा समूहका पदाधिकारीले जान्नैपर्ने साहले औल्याए । शंसोधित वन ऐन र नियमावली सम्बन्धि जानकारी गराउदै स्विकृत वन कार्ययोजनाको म्याद नाघेका समूहहरुले पनि अविलम्व वन नियमावली २०७९ को परिधि भित्र रहेर कार्ययोजना नविकरण गर्न सुझाव पस्किएको थियो ।

सव डिभिजन वन कार्यालय कञ्चनपुर मातहतका तीन वटा सामुदायिक वनले ढलापडा संकलनको सहमति प्राप्त गरेको उनले जानकारी दिदै भने केहिको कार्यायोजना म्याद सकिएको र केहिको थोरै समय भएको कारण यस प्रक्रियामा आउन नसकेको हो । तर थोरै समय भएका समूहहरुले चासो दिइएर प्रक्रियागत आएको खण्डमा आफुले संकलन सहमतिको लागि आवश्यक कार्वाही आगाडि बढाउने सवअ साहले बताए ।
यस सव डिभिजन वन कार्यालय अन्तर्गत ३९ वटा सामुदायिक वन उपभोक्ता समूहहरु पर्दछन् ।
आयोजित कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मधेश प्रदेशका सदस्य डम्बर राई, जिल्ला महासंघका अध्यक्ष अशोक चौधरीको पनि सहभागिता रहेको कार्यालयले जानकारी गराएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page