समाचार समाज

करेन्ट लागेर सप्तरीमा एक महिलाको मृत्यु

राजविराज, ८ चैत । करेन्ट लागेर सप्तरीमा बुधबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ४ की ५० वर्षीया अमिना खातुन रहेकी छन् ।
बुधबार बिहान आफ्नो घरको शौचालय छेउमा थुपारी राखेको जस्तापातालाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा घर नजिकै रहेको विद्युतीय पोलको तारमा छोएपछि खातुनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर भएकी उनको भारदह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटेको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

   

You cannot copy content of this page