समाचार

धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु

जनकपुर । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुई वटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनर्वा बस्ने २८ वर्षीय सागर चौधरी, सोही ट्रकका सह–चालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक मोरङ बेलवारी नगरपालिका ८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् र उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page