समाचार समाज

कञ्चनरुप-१० बदगामामा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामामा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
सोमबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४६० नम्बरको बसले सोहि दिशा तर्फ जाँदै गरेको प्र २–०१–००२–प०९२२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक सप्तरी तिरहुत गाउँपालिका १ धनपुरीका २५ वर्षीय राजकुमार यादव, पछाडि सवार उनकी श्रीमती २४ वर्षीया वविता कुमारी यादव र १० महिनाको छोरा गम्भीर घाईते भएका छन् ।
उनीहरुको टाउको, खुट्टा, हात र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको र घाईतेहरुको स्थानिय एमडि अस्पताल रुपनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बस र बस चालकलाई नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page