समाचार

त्रियुगा सहकारीको व्यवस्थापकले मौका छोपेर कर्मचारी चौधरीलाई निलम्वन गर्‍यो

डम्बर राई /
कञ्चनरुप, चैत १३ गते । सप्तरीको सप्तकोसी नगरपालिका २ बस्ने महानन्द चौधरीले त्रियुगा सहकारी संस्थामा कार्य व्यवस्थापन समिति नभएको मौका पारेर संस्थाका व्यवस्थापकले आफुलाई हटाएको आरोप लगाएका छन । संस्थाको संचालन समितिको निर्वाचनको समयमा व्यवस्थापक दिपक कार्कीले विदा मागेकै कारण आफुलाई हटाएको सोमवार पत्रकार सम्मेलनमा पिडित चौधरीले बताए ।
त्रियुगा सहकारी संस्थाका कम्प्युटर सहायक अपरेटर पदमा कार्यरत चौधरीलाई फागुन २ गते स्पष्टिकरण सहित निलम्वन गरिएको भन्ने पत्र थमाएर कार्यालयमा हाजिर हुन दिइएका छैनन् । माघ २५ गते विदा माँग गर्दै व्यवस्थापक कार्की समक्ष निवेदन पेश गर्दा कार्कीले विदा हुदैन भन्दै निवेदन च्यातिदिए तर मलाई परिक्षा दिन धनकुट्टा जानै पर्ने थियो चौधरीले भने म २६ गते परिक्षा दिन हिडे चौथो दिन कार्यालय पुग्दा स्पष्टिकरण सहित निलम्वन गरिएको पत्र थमाए ।

कर्मचारीले वर्षमा ४२ वटा पाउने सहकारी ऐन तथा विधानतः उल्लेख रहे बमोजिम यो साल मेरो ३७ वटा विदा बाँकी रहँदा रहँदै पनि विदाकै कारण मलाई निलम्वन गरिनुमा राजनीतिक खेल भएको सम्मेलनमा चौधरीले बताए । संस्थाले २०७८ साल भदौ २० गते आव्हान गरेको विज्ञापनको प्रक्रियागतरुपमा अशोज २ र ३ गतेको लिखित प्रयोगात्मक र मौखिक परिक्षामा सबैभन्दा बढी अंक ल्याई उत्तिर्ण तथा छनौट हुनु भएको भन्दै २०७८ असोज १९ गते संचालक समितिले निर्णय गरेर कात्र्तिक १ गतेदेखि नियुक्ति दिइएको थियो ।

६ महिनाको करारमा नियुक्ति दिइएर संस्थाले गर्ने कारोवार जस्तै खाद्यमल बिक्री, सिमेन्ट विक्री, दूध खरीद विक्री, दूधजन्य परिकार विक्री, बजार क्षेत्रमा दैनिक कलेक्शन, रेमिटान्सको कारोवार लगायत आवश्यक पर्ने अन्य थप कारोवारहरु समेतमा संस्थाले निर्धारण गरेको कामकाजमा अनुशासित भएर विहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म काम गर्दे आएको उनले बताए । नियुक्ति भएदेखि भगनी डिपोमा काम गर्दे आएको पिडित चौधरीले सञ्चारकर्मीहरुलाई बताए । तत्काल शम्भु बहादुर खड्का संचालक समितिको अध्यक्षमा नियुक्ति भएको र उहाँकै कार्यकालमा व्यवस्थापक कार्कीले २०७९ साल साउन १ गतेबाट एक वर्षका लागि अस्थायी म्याद थप गरेको कागजात देखाउँदै चौधरीले भने हटाउनु अघि स्पष्टिकरण लिनुपर्ने हो मसंग सफाई नलिइ एक्कासी हटाएर स्पष्टिकरण माँग्यो ।
विदाकै कारण हटाएको पत्र थमाएको हो की अन्य कारणले हो ? भन्ने बुझुन समाजका अगुवा तथा भद्रभलादमी रहेको सात जनाको समूह संस्थामा जाँदा नव निर्वाचित अध्यक्ष चन्द्रशेखर चौधरी र कार्कीले उल्टै धम्काउन आएको भन्ने आरोप लगाए पिडित चौधरीले गुनासो पोखे ।
पत्रकार सम्मेलनमा पिडित हकहीत सहयोगका लागि आएका नारायण आचार्यले भने डेलिगेशनमा मसंगै वडा नम्वर २ का वडाध्यक्ष मो जाहिर हुसैन, समाजसेवी, बुद्घिजिवीहरु गएका थियौ तर उल्टै कुट्न आएका थिए भनेर कार्कीले हल्ला गर्दा रहेछन् यो दुःखदायी कुरा हो । अनुशासित भएर काम गरीरहेका कर्मचारीलाई हटाएर राम्रो काम गरेन कार्कीले यो पूर्वाग्रही साध्ने काम भएको छ तर पूर्वागूही के छ म भन्न सक्दिन आचार्यले बताए ।

त्यस्तै गरीवको मुखमा लातहान्ने काम गरेको समाजसेवी उमेश दासले भने हामी पनि संस्थाको शेयर सदस्य हौ्, संस्थाको नियम कानून हामीले पनि बुझ्ने आधिकार छ तर व्यवस्थापक कार्कीले संस्थाको कर्मचारी नियमावली, विधान र आर्थिक प्रशासन नियमावली माग्दा दिदैनन् । पिडित चौधरीकै प्रसंगलाई लिएर यस सम्बन्धि आवश्यक कागजात तथा विवरण हेर्न माँग गर्दा पिडित चौधरीलाई नदिइएको उनले बताए । पिडित चौधरी एउटा कर्मचारी मात्रै नभएर संस्थाको शेयर सदस्य पनि हो ।
संस्थाको संचालन समितिको फागुन ९ गते निर्वाचन सम्पन्न भए पश्चात नव अध्यक्ष चन्द्रशेखर चौधरीले बैठक बसेर छलफल गर्छाै भन्दै आश्वासन दिदै ल्याएपनि निलम्वनकै पक्षमा रहेको चौधरीको दावी छ ।
चौधरीले जिल्ला अदालतमा समेत न्यायका लागि निवेदन पेश गरीसकेका छन् । अदालतले निलम्वनका कारण माँग गर्दै दुबैपक्षलाई यहि चैत २१ गते बोलाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page