समाचार

चाँडैचाँडै सरकार फेरिदा काम गर्न विलम्ब भयो : कानुन, न्याय मन्त्री लेखी

राजविराज, १४ चैत । मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले चाँडै चाँडै सरकार फेर बदल हुने गर्नाले काम गर्न पनि विलम्ब हुने कुरा बताउनु भएको छ ।
राजविराजमा मंगलबार कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आयोजना गरेको स्थानीय निकायमा हुने कानुन निर्माण प्रक्रियामा सहजीकरण र न्याय सम्पादन विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
संघीय ऎन लागू हुने कतिपय सवालमा चाहँदा चाहँदै पनि अनुकुल काम गर्न नसकिरहेको उहाँको भनाई छ । उहाँले यसका बावजुत पनि प्रहरी तथा निजामति सेवाको सवालमा व्यवस्थित गर्ने काम संघीय सरकारले अगाडि बढाएको जानकारी दिनुभएको छ ।

मन्त्रालयका सचिब उत्तम प्रसाद खरेलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा स्थानीय पालिकाका अध्यक्ष, उपाध्यक्ष, न्यायीक समितिको पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा कानुन तर्जुमामा देखिएका समस्या तथा न्यायीक समितिमा बढी पर्ने गरेका विवादहरुको बारेमा समेत बृहत् छ्लफल गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page