समाचार समाज

सप्तरी : बिष सेवनबाट गम्भीर १४ वर्षिय बालकको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार हुँदै

राजविराज, १४ चैत । सप्तरीमा विष सेवन गरि एक १४ वर्षिय बालक सिकिस्त विरामी भएका छन ।
जिल्लाको महादेवा गाउँपालिका ६ का रामचन्द्र मण्डलको १४ वर्षिय छोरा रुपक कुमार मण्डल विष सेवन गरि सिकिस्त विरामी परेका हुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बालकले मल्टी ओन नामक तरकारी बालिमा छर्ने विषादी सेवन गरेको र बालकको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
बालकको अवस्था गम्भीर रहेको तथा घटना वारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page