मधेस प्रदेश समाचार समाज

सप्तरीको सितापुरबाट लागूऔषध सहित एक युवक पक्राउ

कञ्चनरुप । सप्तरीमा लागू औषधसहित बुधबार एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय शुभाष कुमार चौधरी रहेका छन ।
प्रहरीले लागूऔषध विक्री वितरण गरेको सूचनाको आधारमा अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ सितापुरबाट उनलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चौधरीको साथबाट लेजेसिक ६६ एम्पुल, डाईजेपाम ६७ एम्पुल र फेनारगन ६६ एम्पुल गरि १ सय ९९ एम्पुल फेला परेको छ ।
पक्राउ परेका चौधरीलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page