मधेस प्रदेश समाचार समाज

सप्तरीको कञ्चनरुपमा झुन्डिएको अवस्थामा ५५ वर्षीय सरदारको शव फेला

कञ्चनरुप, १६ चैत । सप्तरीको कञ्चनरुपमा झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
बिहीबार कञ्चनरुप नगरपालिका वडा नम्बर ९ रुपनगरका ५५ वर्षीय राज कुमार सरदार झुन्डिएको अवस्थामा मृत फेला परेका हुन । ।
सरदारको घर नजिकैको आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटना बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page