मधेस प्रदेश समाज

विषादी सेवन गर्दा कञ्चनरुपका एक युवकको उपचारका क्रममा मृत्यु

कञ्चनरुप । सप्तरीको कञ्चनरुपमा विष सेवनबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका ३ दास टोलका ईन्द्रदेव दासको २२ वर्षीय छोरा श्याम कुमार दास रहेका छन।
श्यामले बुधबार धान, गहुँमा हाल्ने अलमुनियम नामक बिषादी सेवन गरेका थिए । तत्कालै उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । सामान्य उपचार पश्चात थप उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर लगिएकोमा उपचारको क्रममा बिहीवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शव परिक्षणका लागि कोशी अस्पताल बिराटनगर पठाईएको तथा घटनावारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page