मधेस प्रदेश समाचार समाज

२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दासलाई चार वर्ष कैद सजाय

राजविराज । सप्तरीमा २१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा एक युकलाई चार वर्ष कैद सजाय भएको छ । सुरुङ्गा नगरपालिका–८ महुलियाका ३३ वर्षीय राजकुमार दासलाई आइतबार ४ वर्ष कैद सजाय भएको हो ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले आरोपित दासलाई कसुर ठहर गर्दै ४ वर्ष कैद सजायका साथै १ लाख रुपियाँ क्षतिपूर्ति भराउन र फौजदारी कसुर पीडित राहत कोषमा ४ हजार रुपियाँ जम्मा गराउन फैसला भएको जिल्ला अदालत सप्तरीले जनाएको छ ।
आरोपितले ०७७ चैत ९ गते राति बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा चैत २७ गते उजुरी दिएकी थिइन् । पीडितका अनुसार घर नजिकैको शौचालयमा पिसाब फेर्न गएका बेला ढोकाको चुकुल नलगाएको देखि आरोपित भित्र पसी बसेको र गम्छाले मुखबन्द गरी बलात्कार गरेका थिए ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ वैशाख १४ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । त्यसअघि पनि बलात्कार प्रयासको उजुरी दिएकी पीडितको चैत २८ गते पनि सोही अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीले ०७८ असार ९ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतले असार २४ गते पक्राउपुर्जी जारी गरेको थियो । आरोपित फरार रहेकोमा जिल्ला अदलातमा ०७८ फागुन २९ गते अभियोग पत्रदायर भएको थियो ।
आरोपित गिरफ्तार भएपछि जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले २०७९ जेठ १८ गतेदेखि पुर्पक्षकालागि राजविराज कारागारमा थुनामा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page