मधेस प्रदेश समाचार समाज

सप्तरीमा प्रतिबन्धित लागूऔषध सहित २२ वर्षीय युवक पक्राउ

कञ्चनरुप (सप्तरी) । सप्तरीमा प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिका २ का २२ वर्षीय सुनिल राई रहेका छन ।
राईले लागु औषध ओसार पसार तथा बिक्री बितरण गर्दै छ भन्ने बिशेष सुचनाको अधारमा अग्निसाईर कृष्णसावरण गाउँपालिका–२ चौफला टोल तर्फ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीको गस्ति टोलिले आइतबार राती लागूऔषध सहित पक्राउ गरेको हो ।

राईले आफ्नो घर अगाडि रहेको करेसा बारीमा खाल्टो खनि भित्र लुकाई छिपाई राखेको छु भने अनुसार उक्त स्थानमा खोजतलाश गर्दा कपडाको झोलामा पोका पारी राखेको लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनारगन ७५ एम्पुल गरी जम्मा २३३ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका राईलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहिको लागि तालुक ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा पठाईएको जनाइएको छ भने घटना वारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page