मधेस प्रदेश समाचार

अटोमेटिक पेस्तोल सहित पक्राउ परेका २ जना कारागार चलान

राजविराज । हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा पक्राउ परेका २ जना युवक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
पेस्तोल सहित पक्राउ परेका छिन्नमस्ता २ महुवा बस्ने सोनु राय र पेस्तोल दिएका राजविराज १ डुमरी बस्ने रोशन यादवलाई सप्तरी अदालतले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
गत चैत ५ गते जिल्लाको तिलाठी कोईलाडी १ खाडोखोला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङग टोलिले रायलाई चेक जाँज गर्दा कम्मरमा ईलासटिकले बाधी राखेको अवस्थामा मेडिन युएसए र चाइना लेखिएको अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको थियो । रायलाई प्रारभिक सोधपुछ गर्दा रोशनले उक्त पेस्तोल दिएको भनि खुलाएको हुँदा रोशनलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको थियो ।

सम्मानित सप्तरी जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा म्याद लिई अनुसन्धान कार्य पश्चात अदालतमा पेश हुदा अदालतको आदेश अनुसार दुबैजनालाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page